ऊर्जा मन्त्री भुसाल र फातिमा सुमारबीच भेट, एमसीसी कार्यान्वयनमा सहयाेग गर्न आग्रह

 भदौ २५, २०७८ शुक्रबार १८:४९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच आज शुक्रवार दिउँसाे भेटवार्ता भएको छ । 

एमसीसी उपाध्यक्ष फातिमाले सिंहदरबार पुगेर मन्त्री भुसालसँग भेट गर्नुभएको हो । भेटमा एमसीसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गर्नुभएको थियो भने मन्त्री भुसालले दलहरूबीचको सहमतिको आधारमा सम्झौतालाई अघि बढाउने धारणा राख्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

भेटमा उहाँहरूबीच नेपालको जल विद्युत् तथा सडक पूर्वाधारको निर्माणका लागि दिइने अमेरिकी अनुदान सहायता कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो ।

उपाध्यक्ष सुमारले नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसीसी सम्झौता भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले एमसीसीका विषयमा नेपालमा भएका चर्चाका विविध विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

जवाफमा मन्त्री भुसालले नेपाल–अमेरिकाबीच रहिआएको आपसी सम्बन्ध दरिलो रहेको उल्लेख गर्दै एमसीसीका सन्दर्भमा राजनीतिक सहमति र नागरिकको चाहनाअनुसार नै निष्कर्षमा पुगिने बताउनुभयो ।

चार दिने भ्रमणका लागि हिजाे बिहीवार नेपाल आउनुभएकी फातिमाले प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेतासँग भेट गर्ने तालिका रहेकाे छ ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया