डब्ल्यूएचओका दक्षिण पूर्वी एसियाली देशहरूकाे क्षेत्रीय समितिकाे ७४ औँ बैठक सकियाे

 भदौ २५, २०७८ शुक्रबार २०:२५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालको आयोजना भएको विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसियाली देशहरूको क्षेत्रीय समितिको ७४ औँ बैठक सकिएको छ ।

गएको २१ गते सोमवार काठमाण्डौमा सुरु भएको भर्चुअल बैठक सम्पन्न भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बैठकमा दक्षिण पूर्वी एसिया सदस्य देशका स्वास्थ्य मन्त्रीहरू, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक, क्षेत्रीय निर्देशक, सदस्य देशका वरिष्ठ स्वास्थ्य अधिकारीलगायतको सहभागिता रहेको मन्त्रालयले जनाएको छ ।

बैठकले समसामयिक स्वास्थ्यका मुख्य मुद्दाहरूमा सघन छलफल गरी प्रतिबद्धता तथा निर्णयहरू गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।

नेपालले यस सत्रदेखि अर्को सत्रमा नयाँ अध्यक्ष चयन नहुञ्जेलसम्मका विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको अध्यक्षता गर्नेछ । समितिको अर्को बैठक २०२२ सेप्टेम्बर ५ देखि ९ मा भुटानमा हुने तय भएको छ ।  

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया