एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
सङ्खुवासभा - सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धानपछि मात्रै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त दुई वटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरिक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली मादी पुगेको थियो ।
लगत्तै दाहाल नेतृत्वकाे टोली फर्किएपछि सीआईबीका डीएसपी रुगमबहादुर कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो । कुँवर नेतृत्वको टोलीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।
आइतवार राति ८५ वर्षका बौदमान कार्कीको परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो । बौदमानको श्रीमती ८४ वर्षकी पार्वती कार्की, छोरा ५२ वर्षका तेजबहादुर कार्की, बुहारी ५२ वर्षकी कमला कार्की, नातिनी बुहारी ३२ वर्षकी रञ्जना कार्की, पनाति ११ वर्षका दिपेन कार्की र पनातिनी सात वर्षकी गोमा कार्कीको ज्यान गएको छ ।
घटनामा बौदमान सकुशल छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।