नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – समता फाउण्डेशनले शुरु गरेको 'जातको प्रश्न'को दोस्रो सिजन आउँदाे अक्टोबर ८ देखि शुरु हुने भएको छ ।
फाउण्डेशनले जातलाई सबैको साझा मुद्दा बनाएर सबै जातजातिले यसमा संवाद गर्नुपर्ने बताउँदै आज एक कार्यक्रमका बीच दोस्रो सिजनको शुभारम्भ गरेको हो । कार्यक्रममा महानायक राजेश हमालले जतिसुकै राम्रो संविधान बनाए पनि जातीय समस्या व्यवहारमा उतार्न ठूलो चुनौति रहेको बताउनुभयो । उहाँले एक मानवले अर्को मानवमाथि गरेको विभेदले आफूलाई सताइरहेको बताउनुभयो ।
‘जातीय विभेद जुन हाम्रो समाजमा भइरहेको छ, यसको प्रत्यक्ष भुक्तभोगी म आफैँ नभएता पनि मैले मेरो वरीपरीका आफन्तहरुलाई देखेको छु, त्यसप्रति म जहिल्यै पनि एक किसिमको संवेदनशीलता भइरहन्थेँ म, एउटा मानवले अर्को मानवप्रति गर्ने व्यवहारमा किन यति फरक छ, भन्ने कुराले मलाई जहिल्यै पनि सताइरन्थ्यो' महानायक हमालले भन्नुभयो, 'सुटिङको क्रममा पनि मैले विभिन्न घटनाहरु देख्ने गरेको थिएँ, पहिलो सिजन गरेपछि ममा अझ गहिराईमा बुझ्ने मौका पाएँ । जातीय समस्या हाम्रो समाज र मनमस्तिष्कमा गढेको विषयवस्तु रहेछ । हामीले जति राम्रो संविधान बनाए पनि व्यवहार उतार्न भयंकर ठूलो चुनौती रहेछ ।’
कार्यक्रममा अभिनेता दयाहाङ राईले जातको आधारमा गरिने विभेद कुनै एउटा समुदायको मात्रै चासोको विषय नभएको बताउनुभयो । उहाँले समाजमा जातकै आधारमा विभेद गरिनु समाजकै ठूलो समस्या भएको बताउनुभयो ।
अभिनेता राईले भन्नुभयो, ‘हाम्रो समाजमा जातको आधारमा गरिने विभेद एउटा समुदायको मात्रै चासोको विषय होइन, जब हाम्रो समाजमा जातकै आधारमा विभेद गरिन्छ भने त्यो समाजकै सबैभन्दा ठूलो समस्या हो, म पनि समाजको माइलो जातको रुपमा हुर्किएको मान्छे हुँ, मैले पनि विभेदका कुराहरु भोगेको छु ।’
कार्यक्रममा उपस्थित गायक प्रकाश सपुत, सञ्चारकर्मी निष्मा चौधरी ढुंगाना, महिला आयोगकी पूर्व सदस्य मोहना अन्सारी, निर्देशक शान्ता नेपालीले जाती विभेद समाजको एउटा प्रमुख समस्या रहेकोले यसलाई कम गर्न जातको प्रश्नले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।
एउटा मानिसले अर्को त्यही समाजमा बस्ने मानिसलाई विभेद गर्न नहुने उहाँहरुको भनाइ थियो । जातको प्रश्नको दोस्रो सिजन महानायक राजेश हमाल, अभिनेता दयाहाङ राई, गायक प्रकाश सपुत, सञ्चारकर्मी निष्मा ढुंगाना चौधरी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व अध्यक्ष मोहना अन्सारीले सञ्चालन गर्नुहुनेछ । जातको प्रश्नको दोस्रो सिजन १२ अंकको हुनेछ भने शान्ता नेपालीको निर्देशनमा बन्ने जातको प्रश्नको दोस्रो श्रृंखलामा नेपालका दलितहरुले भोगिरहेको जीवनको यथार्थ र अनुभवका कुराहरुलाई समेटिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
manish Kumar bk
Sept. 14, 2021, 4 p.m.यो एकदम राम्रो पहल हो , जसले गर्दा हाम्रो समाजमा धेरै सताइएका छन् /