रसुवा : गोसाइँकुण्डमा इटलीबाट ल्याएर रोपिएका स्याउले उत्पादन दिन थाल्यो

 भदौ २७, २०७८ आइतबार ६:५५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवाको  गोसाइँकुण्ड गाउँपालिका–५ ब्राबलमा गएकाे वर्ष रोपिएको चार जातका स्याउले उत्पादन दिन थालेको छ ।

एक वर्ष अगाडि इटलीबाट ल्याएर रोपिएको स्याउले उत्पादन दिन सुरु गरेको कृषक काल्साङ तामाङले बताउनुभयो । गएकाे वर्ष यस क्षेत्रमा फुजी, गोल्डेन डेलिसियस, गाला र जोनाप्रिन्सका ११ हजार ७ सय बिरुवा रोपिएको थियो ।

सुरुमा ७९ लाख रुपैयाँको लगानीमा स्याउ खेती सुरु गरिएको उहाँले बताउनुभयो । वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ५० प्रतिशत आर्थिक अनुदान सहयोगमा स्याउको बिरुवा ल्याएर स्याउ खेती गरिएकोे हो ।

तामाङले २० वर्षका लागि १६ जनाको नाममा रहेको करिब २४१ रोपनी क्षेत्रफलको जग्गा लिजमा लिएर स्याउ खेती गरिरहेका छन् । जसमा फुजी, गोल्डेन डेलिसियस, गाला र जोनाप्रिन्स गरी ४ जातका ११ हजार स्याउको बिरुवा लगाइएको छ । यस वर्ष स्याउले उत्पादन दिन सुरु गरे पनि बिरुवा पूर्ण विकसित नभइसकेका कारण बोटले थेग्न नसक्ने हुँदा पहिले नै सानैमा स्याउ झरेको उहाँले बताउनुभयो ।

जग्गा थपेर ७ हजार स्याउका बिरुवा थप्ने योजना रहेको उहाँले बताउनुभयो । यसैगरी स्याउका बिरुवा तथा फल जङ्गली जनावरबाट जोगाउन १५ सय मिटर तार जाली लगाइएको छ । असिनाबाट जोगाउनका लागि थप जाली लगाइने उहाँको भनाइ छ । इटली र स्पेन लगायतका देशमा पाइने फुजी स्याउको बिरुवा नेपालमा पाइने बिरुवा भन्दा महँगो पर्छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया