नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको सापु रोगका बिरामी बढ्न थालेका छन् ।
पछिल्लो समय पहाडी जिल्ला गुल्मी, पाल्पा, कास्कीलगायत काठमाण्डौ उपत्यकामा समेत सापु रोगका बिरामीहरु बढ्न थालेका हुन् । सापु रोगको सङ्क्रमण बढ्न थालेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।
सिजनल हाइपरएक्युट पानुभिआइटिस अर्थात सापु रोगको सङ्क्रमण सेतो पुतलीबाट हुने दृष्टि विषेशज्ञ डा. अरुण ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार पुतलीलाई छोएर आँखामा हात लगेमा सङ्क्रमण हुन सक्छ ।
बत्तीको वरिपरि घुम्ने सेतो पुतलीको शरीरमा हुने हानिकारक रसायनको असरले आँखाको दृष्टि नै गुम्ने भएकाले जोगिन डा. ढुङ्गानाको सुझाव छ । विशेषगरी भदौदेखि मंसिर महिनासम्म सेतो पुतलीको प्रजनन सुरू हुने भएकाले यो बेला सापुका बिरामी धेरै देखिने गरेका उहाँले बताउनुभयो ।
कहिलेकाहीँ र कमैमा देखिने भए पनि यो आँखामा लाग्नेमध्येको खतरनाक रोग रहेको आँखा विशेषज्ञले बताएका छन् ।
आँखाको दृष्टि नै गुम्ने खतरा भएकाले सकेसम्म सेतो पुतलीको सम्पर्कमा नआउनु नै सापु रोगबाट बच्ने एकमात्र उपाय हो ।
सेतो पुतलीले छोएको दुई दिनभित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा धेरै हुने भएकाले सचेत हुन डाक्टर ढुङ्गानाको सुझाव छ । नेपालमा २०३२ सालमा पहिलो पटक यो रोग देखिएको थियो।
यो रोगको निदान तथा उपचार आँखा विभाग तथा अस्पतालहरुमा मात्र गरिन्छ । सापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रियामार्फत् समेत गरिन्छ । समयमा उपचार भएमा मात्र आँखा निको हुन्छ । नत्र आँखाको दृष्टि नै गुम्न सक्छ।
लक्ष्यणहरु :
-एक्कासी एउटा आँखा रातो हुने
-उज्यालोमा हेर्न गाह्रो हुने
-आँखाको कालो भागको बीचमा सेता दाग देखिने
-चिप्रा नलाग्ने
-दृष्टि कम हुँदै जाने
-उपचारमा ढिलाइ भएमा कालो नानीमा सेतो देखिनु
बच्ने उपाय :
-सेतो पुतलीबाट जोखिने
-कोठामा पुतली पस्न नदिन झ्यालढोकामा जाली लगाउने
-झुल लगाएर सुत्ने
-सेतो पुतलीलाई सिधै हातले नछुने
-हातले छोइहाले साबुनपानीले राम्ररी हात धुने
-हात नधोइकन आँखामा छुँदै नछुने
-झुक्किएर छोइहाले आँखा सफा गरेर तुरुन्तै आँखा अस्पताल जाने ।
-रोगको लक्ष्यण देखा परेमा वा शङ्का लागेमा तुरुन्तै आँखा विभाग, अस्पताल जाने
-आफूखुसी कुनै पनि आँखाको औषधि तथा जडीबुटी नराख्ने
-डाक्टरको सल्लाहमा उपचार गर्ने
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।