नक्कली नोटको कारोबार गरेको आरोपमा बारा र रौतहटबाट पाँच जना पक्राउ

 भदौ २७, २०७८ आइतबार ११:२३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली नोटको कारोबार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

भारतमा नोट बनाउने र नेपालमा कारोबार गर्ने काममा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । बाराको निजगढबाट चार जना र रौतहटको चन्द्रनिगाहपुरबाट एक जना नक्कली र सक्कली नोटसहित पक्राउ परेका हुन् ।

रौतहटमा पक्राउ परेका एक जनालाई पनि बारा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । उनीहरुको साथबाट नेपाली एक हजार दरका नक्कली र सक्कली नोट गरी झण्डै ९३ लाख रुपैयाँ बरामद भएको र यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कलैया बारामा राखिएको छ ।
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया