सांसदहरूलाई ओलीको निर्देशन : ‘सभामुखलाई माइक नहान्नू, अरूको काँधमा नचढ्नू’

 भदौ २७, २०७८ आइतबार १३:४७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा एमालेले सभामुख अग्नि सापकोटाको जबरजस्तीका कारण संसद् अवरोध गर्नुभएको स्पष्ट पारेको छ । 

आज आइतवार बिहान बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमाले फुटाउन भूमिका खेलेको र दल हेरेर फरक व्यवहार गरेकाले विरोध गर्नुभएको बताउनुभयो । 

सभामुखले संसदका एजेन्डा प्रतिपक्षीलाई थाहै नदिएको भन्दै अध्यक्ष ओलीले देशलाई मतभेद र कलहतिर लैजाने प्रयास भइरहेको बताउनुभयो । उहाँले सरकार र सभामुखको स्वेच्छातारीताको सशक्त विरोध गर्न सांसदहरूलाई निर्देशन दिँदै मर्यादामा बस्न पनि सचेत गराउनुभयो । 

दुई दिनका बैठक अवरोध भइसकेको र अझै अवरोध गर्नुपर्ने ओलीको भनाइ छ । उहाँले संसदमा मर्यादित बन्न पनि निर्देशन दिनुभयो । 

‘माननीयज्यूहरूलाई आग्रह गर्छु, हामीले तोकिएका मात्रै नारा लगाउनेछौँ, तोकिएका व्यवहार मात्रै गर्छाैँ, बेलबाट मात्रै नारा लगाउँछौँ, नारा चर्को र सामान्य भन्ने कुरा अवस्थाले निर्धारण गर्छ । नारा लगाउने र बेलमा जाने भन्दा बाहिरको मर्यादामा जान हुन्न । कतिपय साथीहरूले सभामुखलाई माइक हान्ने योजना थियो भन्नुभएछ, त्यस्तो गर्नुहुँदैन, नभएको कुरा मिडियामा बोल्न पनि हुँदैन । सबैले जिम्मेवारीपूर्वक बोल्नुपर्छ । काँध चढेर माथि जाने र माइक हान्ने व्यवहार देखाउनै हुन्न ।’ 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Om prakash

    Sept. 12, 2021, 3:51 p.m.

    कहिले काहि औशी पुर्णिमा हेरेर देश र जनताका समस्याबारे पनि बोल्नु भनेर पनि निर्देशन दिनु पर्यो ओली ज्यु

  •  0 Reply
  • Dipak Sherchan

    Sept. 12, 2021, 2:09 p.m.

    मानहानी जस्ता कुरा सृजित नहुनेगरि अधिकारका लागि पहल गर्नु उपयुक्त हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया