ओखलढुङ्गामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, नौ घाइते

 भदौ २७, २०७८ आइतबार १५:०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ओखलढुङ्गा – मानेभन्ज्याङ गाउँपालिका ६ हिलेपानीमा आज आइतवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा बाराका ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । जीपमा चालकसहित १० जना रहेका । तीमध्ये एक जनाको ज्यान गएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सिद्धिचरण नगरपालिका २ ठूलाछापको निशंखेबाट काठमाण्डौ जाँदै गरेको बा ११ च ५२१० नम्बरको जीप सडकबाट ५० मिटर तल खसेको थियो । घाइतेमध्ये एक शिशुसहित चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । 

गम्भीर घाइतेको उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लैजान पहल भइरहेको छ ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया