सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न एमालेको नाममा सर्वोच्चको आदेश

 भदौ २७, २०७८ आइतबार १६:६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आफूहरू नेकपा एकीकृत समाजवादीमा जान चाहे पनि निर्वाचन आयोगले सहयोग नगरेको र एमालेले कारबाही गर्ने सम्भावना रहेको भन्दै पाण्डे र भट्टले सर्वोच्चमा निवेदन दिनुभएको थियो । 

न्यायाधीश मीरा खड्काको इजलासले आज आइतवार दुवै सांसदलाई पर्सि भदाै २९ गते मङ्गलवारसम्म कारबाही नगर्न एमालेलाई आदेश दिएको छ भने निर्वाचन आयोगलाई कारण देखाउ आदेश जारी गरेको छ । 

सर्वोच्चले पर्सि मङ्गलवार दुवै पक्षलाई सर्वोच्चमा बोलाएको छ । २९ गतेको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश दिने/नदिनेबारेमा निर्णय गर्नेछ । 

निर्वाचन आयोगले नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिने समयमा उपस्थित हुन नसकेका सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई सनाखतमा पनि रोक लगाएको थियो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया