नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण दर १० प्रतिशतभन्दा तल झरेको छ । काेराेना महामारीको दोस्रो लहर सुरु भएदेखि पहिलो पटक आज सङ्क्रमण दर १० प्रतिशतभन्दा तल ८ दशमलव २६ प्रतिशतमा झरेको हो ।
२४ घण्टामा एन्टिजेन र पीसीआर गरी ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा नाै सय ११ जनामा सङ्क्रमण देखिएको छ । दैनिक एक हजारभन्दा कम सङ्क्रमित भेटिएको आज दोस्रो दिन हो । झन्डै पाँच महिनापछि हिजो शनिवार पनि एकै दिन सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या एक हजारभन्दा कम थियो ।
आज थपिएका नौ सय ११ जनासहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६३ हजार आठ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै थप एक हजार चार सय २३ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३९ हजार चार सय ५७ पुगेको छ ।
यही अवधिमा थप १३ जना सङ्क्रमितको ज्यान गएकाे छ । याेसँगै काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ४९ पुगेको छ ।
अहिले नेपालमा २६ हजार सात सय ५७ जना सक्रिय सङ्क्रमित रहेकामा चार सय ५४ जनाको आईसीयू र एक सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।