संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने

 भदौ २८, २०७८ सोमबार ८:४८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - संसदको अवरोध हटाउने विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारबाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन आज दिउँसो साढे २ बजे सर्वदलीय बैठक बोलाउनुु भएको हो ।

बैठकमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

हिजोको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन दिएको भन्दै बैठक अवरोध गर्दै आएको छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया