कांग्रेसका पौडेल पक्षधरको भेला आज हुँदै, डडेलधुरा वडा अधिवेशन अस्वीकार गर्ने तयारी

 भदौ २८, २०७८ सोमबार १२:३०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेला आज हुँदैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे हुने भेलामा सभापति शेरबहादुर देउवा इतरका शीर्ष नेताहरू उपस्थित हुने छन्  ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच प्रहरी, प्रशासनको बलमा वडा अधिवेशन गरिएपछि पौडेल पक्षले असन्तुष्टि जनाएको छ ।

पार्टी महाधिवेशन, सरकार विस्तारमा भएको ढिलासुस्ती र राजनीतिक शक्ति बाँडफाँडमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गरेको एकलौटी निर्णयका विषयमा छलफल हुने पौडेल पक्षका नेताहरुले बताएका छन् ।

बैठकमा २० जिल्लाको क्रियाशील सूची तत्काल सार्वजनिक गरेर संसोधित कार्यतालिका बमोजिम अधिवेशनको माग गर्ने तयारी छ । प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न २१ जिल्लामा अझै पनि क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको छैन ।

भदौ १८ मा गर्ने भनेको वडा अधिवेशन असोज ५ गतेसम्म धकेलिएको छ । नेता रामचन्द्र पौडेल समूहले डडेलधुराको वडा अधिवेशन अस्वीकार गर्ने तयारी समेत गरेको छ।

अन्तिम अपडेट: चैत २४, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया