‘सभामुखले मञ्चन गरेको नाटकमा एमाले सहभागी हुँदैन’

 भदौ २८, २०७८ सोमबार १३:५१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संसद्को अवरोध हटाउने विषयमा सभामुखले बोलाउनुभएको सर्वदलीय शीर्ष नेताको बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । सभामुखले बाहिर देखाउनकै लागि छलफलको नाटक गरेकाले आफूहरू सहभागी नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो ।

‘यो समस्या सभामुख र एमालेबीचको समस्या हो, प्रधानमन्त्रीसहित अरू दलका नेताहरूलाई बोलाएर सभामुखले नाटक मञ्चन गर्न खोज्नुभएको छ, समस्या समाधान गर्ने उद्देश्यले नभइ उहाँले सहानुभूति बटुल्न र सहमतिको प्रयास गरेको नाटकका लागि मात्रै छलफल गर्न खोज्नुभएको हो, यसमा एमाले सहभागी हुँदैन’, भट्टराईले भन्नुभयो । 

यदि सभामुखले साँच्चै समस्या समाधान गर्न खोजेको हो भने सिधै अध्यक्ष ओलीसँग भेटेर कुरा गर्नुपर्ने एमालेको माग रहेकाे प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो । 

‘हामीले सभामुखबाट अतिरिक्त दयामाया मागेको होइन, अरू दलसरहको व्यवहार खोजेको हो, उहाँ सत्तापक्षको व्यक्तिको रूपमा प्रस्तुत हुनु भएन भन्ने मात्रै हो, त्यस्तो नभसम्म सहमति हुन्न’, उहाँले भन्नुभयो । 

सभामुख अग्निप्रसाद सापकोटाले संसद्को काम कारबाहीलाई प्रभावकारी रूपमा अगाडि बढाउन आज दिउँसो साढे २ बजे सर्वदलीय बैठक बोलाउनुुभएको हो । 

अन्तिम अपडेट: जेठ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया