नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको अवरोधका बीच राष्ट्रिय सभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक २०७८ पारित गरेको छ ।
राष्ट्रिय सभाको दोस्रो बैठकमा पनि एमालेका सांसदले अवराेध गरेका थिए । तर अवरोधकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक २०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिनुभएको थियो ।
त्याे प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गर्नुभयो । यसअघि एमालेकी सांसद कोमल वलीले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा नदिइ बैठक सुरु हुन नदिने अडान राख्नुभएको थियो । उहाँले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षड्यन्त्रविरुद्ध उभिनुपरेको पनि पटक–पटक दोहोर्याउनुभयाे ।
एमालेका सांसदको अवरोधकाबीच राष्ट्रिय सभाको दोस्रो बैठकले राष्ट्रिय सभाका पूर्व सांसद रुक्मशम्शेर राणाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । गएकाे भदौ २६ गते काठमाण्डाैमा उहाँकाे निधन भएकाे थियाे । उहाँ २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको थियो ।
यसैबीच राष्ट्रिय सभाको अर्को बैठक आउँदाे भदाै ३० गते बुधवार बिहान ११ बजेका लागि बोलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।