गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण कार्य अन्तिम चरणमा

 भदौ २९, २०७८ मंगलबार १२:३६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - रुपन्देहीको भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ। 

विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तीय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो ।

अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकाले आईसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्यान्डकाे एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले बताउनुभयो ।

इञ्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग सम्बन्धित कामहरु र फर्निचर फर्निसिङ्सका कामहरु मुख्य बाँकी छन् ।

उहाँले क्यालिब्रेशन फ्लाइटका लागि जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरु कोरोना भाइरसका कारण थाइल्यान्ड सरकारले प्राविधिकलाई आउन नदिएकोले अड्किएको बताउनु भयो । प्राविधिक कामहरुलाई सम्पन्न गर्नको लागि सरकारले थाइल्यान्ड सरकारसँग कुटनीतिक पहल थालेको पनि प्रमुख इञ्जिनियर अधिकारीले बताउनुभयो ।

अधिकारीले भन्नुभयो, ‘आयोजना अन्तर्गतका मुख्य भौतिक संरचना निर्माणको काम करिब सम्पन्न भइसकेको छ । तर, हामीसँग केही साना प्राविधिक कामहरु बाँकी छन् । कोभिड–१९ को कारणले गर्दा थाइल्यान्ड सरकारकाे हेल्थ प्रोटोकल छ । आफ्ना प्राविधिकलाई विदेश जान अनुमति नदिएको कारणले क्यालिब्रेशन फ्लाइटको मिति यकिन गर्न सकिएकाे छैन् । सामान्यतया हेर्दा आयोजनाको कामहरु टुङ्गिदाे क्रममा हो । यसले गर्दा आयोजना सम्पन्न नभएको अवस्था छ ।'

 अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ रुपमा सानो भएको सरकारको अनुमान रहेकाले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताउनुभयो ।

उहाँले यो टर्मिनल बिल्डिङले ४ सय सेवाग्राहीलाई मात्र सेवा दिनसक्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र  नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको बताउनुभयो । उहाँले आवश्यक पर्ने प्राविधिक जनशक्ति ल्याउने हो भने हप्ता १० दिनमै सबै काम सकिने बताउनुभयो।

अधिकारीले विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसक्दा क्यालिब्रेशन फ्लाइट अनिश्चित बनेको बताउनुभयो । विमानस्थलमा क्यालिब्रेशन फ्लाइट भएको करिब तीन महिनापछि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जनाइएको छ । राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्याङ्क जाँच गर्न क्यालिब्रेशन फ्लाइट गरिन्छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया