एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने सर्वोच्चको आदेश

 भदौ २९, २०७८ मंगलबार १६:४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी पार्टी रोज्न पाउने अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज मङ्गलवार निर्वाचन आयोगको निर्णयमा त्रुटि देखिएको भन्दै सांसदहरू पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टी रोज्न पाउने आदेश दिएको हो ।

एकीकृत समाजवादी दल दर्ताका लागि भदौ ४ गते निर्वाचन आयोगमा निवेदन दिएकोमा निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको र सनाखतका लागि आयोगले तोकेको मितिअघि नै पाण्डे र भट्टले आफ्नो नाम पनि समावेश गर्नुपर्ने माग गर्दै आयोगमा गएकाले उनीहरूले दल रोज्न पाउनुपर्ने सर्वोच्चले जनाएको छ ।

यस्तै सनाखतको बेलामा पनि झलनाथ खनालले भारतको नयाँ दिल्लीबाटै सनाखत गर्न पाउने तर नेपालमै भएका र सनाखतको मितिभन्दा अघि नै निवेदन दिएका पाण्डे र भट्टले सनाखत गर्न नपाउनु दलसम्बन्धी कानुन विपरीत हुने सर्वोच्चले जनाएको छ ।

दल दर्ताको निवेदनमा हस्ताक्षर छुटेका सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई निर्वाचन आयोगले एकीकृत समाजवादीमा सनाखत गर्न नदिएपछि दुवै जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया