नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – नेपालमा पहिलोपटक भारतीय निजी कम्पनीको रेलले ढुवानी सेवा सुरु गरेको छ । भारतीय कम्पनी हिन्द टर्मिनल प्रालीको रेल विभिन्न सामग्री बोकेर आज बिहान वीरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
भारतको हल्दियाबाट ९० वटा कन्टेनर बोकेको रेल बिहान वीरगञ्ज आइपुगेको समितिले जानकारी दिएको छ । यसअघि भारतको सरकारी स्वामित्वकाे कोन्कन रेलवे निगमले मात्रै नेपालमा सामान ढुवानी गर्न पाउने व्यवस्था रहेकोमा सरकारले निजी रेलले पनि सेवा दिन मिल्ने गरि रेलवे सम्झौता संशोधन गरेको थियो । गएको असार २५ गते सरकारले रेलवे सम्झौता संशोधन गर्दै भारतीय कम्पनी कोन्कनको एकाधिकार अन्त्य गरेको थियो ।
नेपालमा भारतीय निजी कम्पनीको प्रवेश भएसँगै ढुवानीमा प्रतिष्पर्धा बढेको र व्यापारीहरुले सस्तो भाडामा तथा झण्झटविनै सामान ल्याउन पाउने समितिका कार्यकारी आशिष गजुरेलले जानकारी दिनुभयो । उहाँले बन्दरगाहको क्षमता बढाएर ढुवानीलाई अझै सहज र सस्तो बनाइने बताउनुभयो । अहिले एकतर्फी ढुवानी भएकोमा छिटै दुईतर्फी नै सेवा सुरु गरिने गजुरेलको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।