दैलेखमा एक शिक्षककाे हत्या, घटनास्थलमा भेटिएकाे चप्पलकाे आधारमा एक जना पक्राउ

 भदौ ३०, २०७८ बुधबार १७:४६:५९ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा एक जना शिक्षकको हत्या भएको छ । गुराँस गाउँपालिका वडा नम्बर ८ मालिका मावि लालीकाँडाका शिक्षक नगेन्द्रबहादुर बीसीको धारिलो हतियारले घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

विद्यालय नजिकै घर भएका शिक्षक बीसीको शव विद्यालय भवनको बरन्डामा भेटिएको हो । दुई छोरा अध्ययनका लागि कोहलपुरमा रहेका र श्रीमती काम विशेषले सदरमुकाम गएकाले हत्या भएको दिन बीसी घरमा एक्लै रहेका पनि प्रहरीले जनाएको छ । 

घटनास्थलमा भेटिएको चप्पलको आधारमा स्थानीय मुना खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया