मकवानपुरमा छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गयो

 भदौ ३०, २०७८ बुधबार २०:१५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – मकवानपुरमा दुई वटा घटनामा तीन जनाको ज्यान गएको छ । मकवानपुरको जङ्गलमा पाहा (भ्यागुता प्रजातिको जीव) खोज्न गएका दुई युवकको लडेर ज्यान गएको हो । 

भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन र राजन दोङको मङ्गलवार राति लडेर ज्यान गएको हो । पर्याप्त पाहा पाउने धुन्धुरे खोलाको उचाइबाट चिप्लिएर लड्दा दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले बताउनुभयो । 

दीर्घ रोगबाट मुक्त हुन पाहाको मासु खाने चलन मकवानपुरका पहाडी बस्तीमा छ । कैलाश, भीमफेदी, इन्द्रसरोवर, राक्सिराङ लगायत गाउँपालिकामा पाहाको सिकार हुने गरेको छ । रातमा मात्रै आहाराका लागि खोँचबाट निस्कने पाहाको सिकारका लागि मानिसहरू जङ्गल जाने गरेका छन् । 

यसैगरी जङ्गली हात्ती लखेट्न गएका मकवानपुरका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मनहरी–६ का ३४ वर्षीय रामलाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

मङ्गलवार राति खेतमा जङ्गली हात्ती आएर बाली खान थालेपछि हात्ती लखेट्न गएका रामलाल जङ्गली जनावरबाट बालीनाली जोगाउन स्थानीयवासीले लगाएको तारमा करेन्ट लागेर घाइते हुनुभएको थियो । घाइते रामलालको चितवनको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मङ्गलवार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया