काठमाण्डौ उपत्यकामा विद्यालय खोल्ने/नखोल्नेबारे अन्योल

 असोज १, २०७८ शुक्रबार ८:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा  विद्यालय खोल्ने वा नखोल्नेबारे अन्योल भएको छ ।

कोरोनाको जोखिम कायम नै भएकाले र सरकारले पनि हतारमा विद्यालय खोल्न नहुने जनाएपछि काठमाण्डौ उपत्यकामा विद्यालय खोल्ने वा नखोल्ने भन्नेमा अन्योल बढेको प्याब्सन काठमाण्डौका सचिव  रविन बस्नेतले बताउनुभयो ।

प्याब्सनले पनि यही गर्ने भनेर ठोस निर्णय लिन सकेको छैन । उहाँका अनुसार जोखिमको आकलन गरेर मात्रै विद्यालय खोल्ने तयारी छ । विद्यालय, अभिभावक र सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरेर आवश्यक निर्णय लिनुपर्ने  उहाँ बताउनुहुन्छ।

काठमाण्डौ महानगरपालिकामा अबको केही दिन कोरोनाको जोखिमको अध्ययन गर्ने र ४ गते बैठक बसेर आवश्यक निर्णय लिने तयारी भएको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

महानगरपालिकाको विद्यालय सञ्चालन गर्ने विषयमा मापदण्ड तयार गर्न र निर्णय गर्न सात सदस्यीय समिति गठन गरिएको छ । ललितपुर महानगरपालिकाले पर्सिदेखि विद्यालय खोल्ने तयारी गरेको छ । तर, त्यहाँका धेरैजसो ठूला विद्यालयका सञ्चालकहरू भने विद्यालय खोल्ने पक्षमा छैनन् ।

काठमाण्डौ उपत्यकामा अहिले आंशिक रुपमा विद्यालय खुलेका छन् । यसैबीच, भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गर्नुभएको छ । उहाँले अरु जिल्लामा विद्यालय खुले भन्दै हतारिएर विद्यालय खोले पछुताउनु पर्ने बताउनुभएको छ ।

अठार वर्षमाथि उमेरकाले कोभिडविरुद्धको खोप लगाए पनि १८ वर्षमुनिका बालबालिकामा तेस्रो लहरको कोभिडको जोखिम कायमै रहेको भन्दै उहाँले मध्यपुरथिमि नगरपालिकाले उपत्यकाका १८ वटा नगरपालिकाभन्दा पछि अन्तिममा मात्रै विद्यालय खोल्ने अनुमति दिने बताउनुभयो। 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया