विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा सुरु

 असोज १, २०७८ शुक्रबार ११:४५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक तनहुँको बन्दीपुरमा सुरु भएको छ । नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकामा रहेको एक होटलमा हुन लागेको हो ।

बैठक आउँदो मङ्गलवारसम्म हुने छ । बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि बैठकस्थलमा पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी एक  सय ५०  जना खटिएका छन्  ।

बैठक कक्षमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलो पटक केन्द्रीय समिति बैठक गर्न लागेको हो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया