सेती लोकमार्ग : १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुल्याे
बैशाख १४, २०८१ शुक्रबार
कास्की – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमालेबाट विभाजित भए नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्नुभएका माधवकुमार नेपाल नेकपा एमालेमै फर्किने जिकिर गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल कास्की शाखाले आज शुक्रवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरि पार्टी फोर्नुभयो । यो राम्रो भएन । अरू कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु ।
सचिव भट्टराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
देउवा नेतृत्वकाे वर्तमान सरकार असफल भइसकेको बताउँदै उहाँले ६५ दिनसम्म सरकार विस्तार गर्न नसकेको र अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता गुमाइसकेकाले अब विकल्प खोजेर एमालेकै नेतृत्वमा चुनावमा जानु एकमात्र उपयुक्त माध्यम भएको बताउनुभयाे ।
एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको बताउनुभएका सचिव भट्टराईले आम सञ्चार विधेयकले पत्रकार जगतमा अङ्कुश लगाउने भएकाले यसको विपक्षमा आफू उभिने बताउनुभयो ।