घुस फिर्ता गर्ने २४ ट्राफिक प्रहरी सम्मानित

 असोज १, २०७८ शुक्रबार २०:३५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सवारी चालकको प्रलोभनमा नपरि इमानदारिता निभाउँदै सेवा दिने उपत्यकाका ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमअनुसार ट्राफिक कारबाही गर्ने क्रममा घुस नलिइ जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई आज शुक्रवार सम्मान गरेको हो ।

नगद पुरस्कारसहित सम्मान हुनेमा प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठ, प्रहरी हवलदार उमेश राम, लक्ष्मण यादव तथा जवानहरू किसानचन्द्र गौतम, धनवीर जिसी, सविना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल र सन्तोष धमला रहेका छन् । 

यस्तै प्रहरी नायब निरीक्षक मिलनकुमार सिंह, प्रहरी हवलदार ईश्वर सिंह धामी, भीमबहादुर बोहोरा, नगकुल गिरी, विनोद गोतामे, सन्तोषकुमार साह, रामजी साह, प्रवीन मोक्तान, दधिराम विसी, प्रहरी जवान हरिबहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेशराज पनेरु, गुणाकर अवस्थी, अरुणबहादुर अधिकारी पनि सम्मानित भएका छन् ।

उनीहरूलाई महाशाखा प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भट्टराईले प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गर्नुभएको थियो । प्रहरीले गएकाे आर्थिक वर्षमा घुस दिन खोज्ने एक सय ६६ चालक पक्राउ गरेको थियो । यस आवमा घुसबापत ९० हजार एक सय ५५ रुपैयाँ दिइ आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सय ६५ चालक पक्राउ परेका छन् । 

उनीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवम् प्रशंसा पत्रबाट सम्मान गरिसकेको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया