दशैँका लागि असाेज दाेस्राे हप्तादेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी

 असोज १, २०७८ शुक्रबार १८:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जानेहरूका लागि आउँदो असाेज १० वा ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ ।

अग्रिम टिकट बुकिङ खुलाउनेबारेमा व्यवसायीहरूसँग छलफल गरिएको र थप छलफल गरी आउँदो १०/११ गतेदेखि बुकिङ खुलाउने यातायात व्यवस्था विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले बताउनुभयो ।

छलफलमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ १० गतेदेखि टिकट बुकिङ खुलाउन सहमत भएको छ । आफूहरूसँग झन्डै सय वटा कम्पनी आबद्ध रहेका र अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सहमति जनाएको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले कोरोना सङ्क्रमणको जोखिम नघटेकाले अग्रिम टिकट बुकिङ खुलाउन समस्या रहेको बताउनुभयो ।

देशव्यापी निषेधाज्ञा नभए पनि जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गरेमा समस्या हुने भएकाले अवस्थाअनुसार बस सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेशभित्र चल्ने गाडीको भाडा समायोजन नभएकाले पनि अग्रिम बुकिङमा समस्या रहेको उहाँको भनाइ छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता भुसालले केही दिनमा फेरि छलफल गरेर टिकट अग्रिम बुकिङ खुलाउने बताउनुभयो ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया