काठमाण्डौ उपत्यकामा विशेष सुरक्षा योजना लागू, ५५ सय प्रहरी परिचालित

 असोज २, २०७८ शनिबार ७:४०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको छ ।

दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी हिजोदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरमा विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

ठूला चाडपर्वका बेला हुन सक्ने अपराध नियन्त्रण र शान्ति सुरक्षाको व्यवस्थापनलाई चुस्त बनाउन विशेष योजना लागू गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिनुभयो ।

ठूला चाडपर्वका बेला चोरी, डकैती, पाकेटमार, चन्दा अपहरण, फिरौती, कालोबजारी तथा तोकिएको भन्दा बढी भाडा लिने जस्ता गलत क्रियाकलाप हुने भएकाले त्यसलाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको एआईजी पालको भनाइ छ ।

यो योजना अन्तर्गत काठमाण्डौ ललितपुर र भक्तपुरमा पाँच हजार पाँच सय जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले बैंक तथा वित्तीय संस्था, बसपार्क, र भीडभाड हुने क्षेत्रमा प्रहरीले निगरानी बढाउनेछ । ४८ वटा चारपाङ्ग्रे, ३५ वटा मोटरसाइकल र ८३ वटा क्विक रेस्पोन्स टीम क्यूआरटी परिचालन गरिएको छ ।

हरेक दिन ३६ ठाउँमा विहान र बेलुका आकस्मिक सुरक्षा जाँच हुने र सार्वजनिक गाडीमा पनि सादा पोसाकमा प्रहरी खटाइने एआईजी पालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया