फ्रान्सद्वारा पहिलो पटक अमेरिका र अस्ट्रेलियाका राजदूत फिर्ता

 असोज २, २०७८ शनिबार ८:४९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौतालाई लिएर फ्रान्स आक्रोशित भएको छ ।

आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । इतिहासमा पहिलो पटक फ्रान्सले अमेरिका र अस्ट्रेलियाका राजदूत फिर्ता बोलाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

यसअघि परमाणु पनडुब्बी निर्माणको लागि फ्रान्सले अस्ट्रेलियासँग सम्झौता गरेको थियो, तर गएको बुधवार अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता तोडेर अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेको छ ।

तीन देशबीच भएको सम्झौताले आफ्नो देशको अपमान भएको र अर्बौं डलरको सम्झौता तोडिएको भन्दै अस्ट्रेलिया र अमेरिकाका राजदूत फिर्ता बोलाइएको फ्रान्सका विदेशमन्त्री जिन इभसले द्रियानले बताएका बीबीसीले जनाएको छ ।

तीन देशबीचको यो सम्झौतालाई फ्रान्सले अस्वीकार्य रवैयाको संज्ञा दिँदै युरोपमा रहेको इन्डो प्यासिफिक क्षेत्रको महत्त्वलाई कमजोर पार्ने षड्यन्त्रका रुपमा लिएको खबरमा उल्लेख छ । राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले खेद प्रकट गरेको र यस्ता क्रियाकलापले मतभेद झनै बढाउने बताउनु भएको छ ।

चीनको बढ्दो प्रभाव रोक्न भन्दै अमेरिका बेलायत र अस्ट्रेलिया मिलेर परमाणु पनडुब्बी बनाउने सम्झौता गरेपछि चीनले पनि कडा विरोध जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया