खोटाङमा भेटिए डेङ्गीका बिरामी

 असोज २, २०७८ शनिबार १०:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङमा डेङ्गीका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेङ्गीका आठ जना बिरामी भेटिएका जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. वैभव मल्लिकले बताउनुभयो ।

अहिलेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एक जना, रावाबेसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनालाई डेङ्गी लागेको पुष्टि भएको छ । शुक्रवार दुई जनालाई डेङ्गी पोजेटिभ पुष्टि भएको सुपरिटेन्डेन्ट डा. मल्लिकले बताउनुभयो । 

सङ्क्रमितमध्ये शरीरमा रगत कम भएका एक बिरामीलाई जिल्ला अस्पतालले भदौ ३० गते अन्यत्र रेफर गरेको छ । डेङ्गीका दुई जना बिरामी भने अहिले जिल्ला अस्पतालमै उपचाररत छन् । अन्य बिरामी भने घरैमा उपचारमा रहेको डा.मल्लिकले बताउनुभयो ।

साकेला गाउँपालिकामा पनि डेङ्गीका बिरामी भेटिएको जनाइएको छ । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेङ्गीका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ । 
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया