'रिभर फन बिच' रिसोर्टमा जीपलाइन र स्काइ साइक्लिङ बन्दै

 असोज २, २०७८ शनिबार १०:५५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ९ वर्षदेखि रिसोर्ट र र्याफ्टिङ व्यवसाय गरिरहेको कम्पनी 'रिभर फन बिच' रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलाबाट गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्टसम्म पुग्ने गरी निर्माण गरिरहेको जीपलाइनको ७० प्रतिशत काम सम्पन्न भएको छ ।

५ सय मिटर लामो बन्ने  जीपलाइनको ४ सय मिटर भाग त्रिशूली नदीमाथि पर्ने भएकाले झनै साहसिक र रोमाञ्चक हुनेछ । 'रिभर फन बिच' रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले नदीमाथि पर्ने यो जीपलाइन विश्वकै नमुना हुने दाबी गर्नुभयो । 

१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जीपलाइन सुरु हुने जीपलाइन युरोपियन स्ट्यान्डर्डसहित भारतीय कम्पनीको प्राविधिक सहयोगमा निर्माण भइरहेको अधिकारीको भनाइ छ ।

८५ मिटर स्काइ रोप साइक्लिङ समेत त्रिशूली नदीमाथि निर्माण भइरहेको परियोजना डिजाइनर मुकेश अधिकारी सिभिल इञ्जिनियरले जानकारी दिनुभयो । मिनी जीपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एडभेञ्चर पार्क निर्माणाधीन रहेका छन् । जीप लाइनका लागि बनाइएको टावरको तीन वटा तल्लामा क्याफे सञ्चालन गर्ने तयारी रहेको छ ।

आउँदाे अङ्ग्रेजी नयाँ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जीपलाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेञ्चर पार्क सम्पन्न गर्न ६ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया