नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुननिर्माण सम्पन्न गरेको बताएको छ । शनिवार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१ औँ गणेश मन्दिरको उद्घाटन गर्नुभएकाे हाे ।
इनाखामा रहेकाे मन्दिर उद्घाटनपछि काठमाण्डाै महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताउनुभयो । महानगरपालिकाले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निमाण गरिहेको उहाँकाे भनाइ छ ।
मेयर शाक्यले काठमाण्डाै महानगरपालिकाभित्र रहेका ३२ वटै वडाका पुरातात्त्विक तथा ऐतिहासिक कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको बताउनुभयो । उहाँले काठमाण्डाै आउने पर्यटकहरूले काठमाण्डाै घुम्नका लागि र बुझ्नका लागि पनि ऐतिहासिक कुराहरू जोगाइरहनुपर्ने बताउनुभयो । मेयर शाक्यले काठमाण्डाैका पुरातात्त्विक कुराहरूलाई जोगाउनु र पुनर्निर्माण गर्नु महानगरको दायित्व भएकाले पुनर्निर्माणमा दत्तचित्त भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मेयर शाक्यले कतिपय ठाउँमा पुरातत्त्व विभाग र गुठीसँग समन्वय नहुँदा सम्पदा पुनर्निर्माणमा समस्या भइरहेको बताउनुभयो । उहाँले गुठीको नाममा धेरै सार्वजनिक जग्गा भएकाले महानगरलाई लिजमा दिन पनि आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।