मलेसियामा भेटिएका ‘ए क्याटेगोरी’ नेपाली व्यवसायी

 भदौ १७, २०७५ आइतबार १५:४२:५१ | रीतु थेबे
unn.prixa.net

काठमाडौं – पछिल्ला दिनमा मलेसियामा कामदारसँगै नेपाली व्यवसायीको संख्या पनि बढ्न थालेको छ । तिनै मध्येका एक हुनुहुन्छ, काभ्रेको रोशी गाउँपालिकाका पासाङ लामा । पासाङ पहिलो पटक ६ सेप्टेम्बर, २००२ मा मलेसिया पुग्नुभएको थियो । उद्योगको कामदारका रुपमा पुगेका पासाङको परिचय अहिले फेरिएको छ । 

क्याललाम्पुरको कोतरायमा सन् २००९ देखि रेष्टुँरा व्यवसाय सुरु गरेका पासाङको रेष्टुँरालाई मलेसिया सरकारले ए क्याटेगोरी को रुपमा वर्गीकरण गरेको छ । सरसफाई, सेवा र विक्रि गर्ने खाद्य पदार्थको गुणस्तरलाई आधारमा मानेर मलेसियामा रेष्टुाँरहरुको श्रेणी वर्गीकरण गर्ने गरिएको छ । 

मलेसिया नेपाली कामदारका लागि मुख्य गन्तव्य देश हो । वैदेशिक रोजगार विभागका अनुसार झण्डै ६ लाख युवा श्रम स्वीकृति लिएर त्यहाँ पुगेका छन् । ती मध्ये झण्डै दुई लाख जना महिला छन् । 

नेपाली कामदार मलेसियाको जुन जुन क्षेत्रमा काम गर्छन्, त्यहाँ नेपाली परिकार र सामग्री पाइने रेष्टुँरा र पसल खुलेका छन् । मलेसियामा उत्पादनमुलक क्षेत्रमा काम गर्ने धेरै नेपाली भेटिन्छन् । हप्ताभरी काम गरेर छुट्टि मनाउन धेरैजसो नेपाली कामदार खानपान र भेटघाट गर्न नेपाली रेष्टुँरा पुग्छन् । 


 

अन्तिम अपडेट: चैत ६, २०८०

रीतु थेबे

थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया