हिमाली १० जिल्लामा १८ वर्षमाथिका सबैलाई काेराेनाविरुद्काे खोप लगाइने

 असोज २, २०७८ शनिबार १९:४९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले १० वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शनिवार सूचना निकालेर ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबै नागरिकलाई खोप लगाउने जानकारी दिएको हो ।

यस्तै काभ्रे र चितवनमा २५ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका र बाँकी ५८ जिल्लामा ४५ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।

देशभर असोज ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयको सूचनामा उल्लेख छ ।

देशभर नै यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवाका, शिक्षक, पर्यटकीय क्षेत्र तथा होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई पनि खोप दिइने छ । सबै जिल्लामा चिनियाँ खोप भेरोसेल लगाउन लागिएको हो ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया