सरकारी पदक विवादमा, चार पत्रकारद्वारा पदक अस्वीकार

 असोज ३, २०७८ आइतबार १४:१०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक विवादमा पर्न थालेका छन् । योग्यताको मूल्याङकनन नगरि राजनीतिक दलसँग सम्बन्धित रहेकै आधारमा पदक दिएको भन्दै चौतर्फी आलोचना भएको हो ।

एक पटक पनि नसोधिकनै विभूषण पाउनेको सूचीमा आफ्नो नाम राखेको भन्दै केही पत्रकारले पदक अस्वीकार गरेका छन् । पत्रकार कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा, नारायण अमृत र कार्टुनिस्ट रविन सायमीले पदक नलिने घोषणा गरेका हुन् । उनीहरूले पदकको वितरण न्यायपूर्ण, विवेकपूर्ण र पारदर्शी हुनुपर्ने बताएका छन् । 

देश र समाजको सकारात्मक परिवर्तनमा भूमिका खेल्नेहरूलाई इज्जत र प्रतिष्ठाका साथ दिइने मान पदवी अहिले पञ्चायती शैलीमा वितरण गर्न लागिएको भन्दै उनीहरूले आलोचना गरेका छन् । 

यस पटक नाै सय तीन जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक घोषणा भएको छ । सरकारले सबैभन्दा माथिल्लो विभूषण नेपाल रत्न स्वर्गीय कृष्णप्रसाद भट्टराई (मरणोपरान्त) लाई, दोस्रो ठूलो विभूषण राष्ट्र गौरव मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशम्शेर (मरणोपरान्त) लाई र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएको छ ।

यस पटक विभिन्न दल निकटका व्यक्ति र संस्थादेखि पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बुबा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालसम्मलाई पदक तथा विभूषणको घोषणा भएको छ । 

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Badri Bahadur Karki

    Sept. 20, 2021, 11:19 a.m.

    पंचायतको शैलीमा ?? पत्रकार महोदयले पंचायत भोगेको हो कि ?? आफ्नो पार्टीका नेताले पढाएको कुरा भनेको ???? पंचायतमा उत्कृष्ट मानिसहरुको पहिचान मुल्यांकन गरि उत्कृष्टताको आधारमा तक्मा दिइन्थ्यो , त्यसबेला तक्मा बहिष्कार गर्ने एकजना मान्छेको नाम मलाई याद छ , जसको नाम हो शंकरदेव पन्त / अहिले त व्हारवहारति मानिसले नलिने भनेका छन् / यसैकारण पन्चायतलाई उदाहरणको रुपमा राख्ने कि नराख्ने ? समाचार लेख्नेले हेक्का राखोस /

  •  1 Reply
  • प्रदिप कुमार साह

    Sept. 19, 2021, 2:50 p.m.

    मन परी गर्न नदिएका कारण के.पी. ओली लाई छोड़ी प्रचण्ड र माधव देउवाको सरण मा गए का छन

  •  0 Reply

तपाईको प्रतिक्रिया