पदयात्रा खुलाउन पर्यटन व्यवसायीको माग

 असोज ३, २०७८ आइतबार २०:३१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको पर्यटनको ठूलो हिस्सा ट्रेकिङ पर्यटनको रहेको छ । विश्वमा चर्चित पदमार्गहरूले समग्र पर्यटन क्षेत्रलाई नै चलायमान बनाएको छ । 

खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको पनि चासो बढिरहेको छ । नेपालमा कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको छ । यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्राको पर्यटनलाई खुला गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ । 

नेपालबाहिर धेरै देशले आफ्ना नागरिकलाई खोपको पूरा मात्रा लगाइसकेको छ । यस्तोमा पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षणकाे नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकाले क्वरेण्टीन बस्नुनपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउन व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।

यस्तै ट्रेकिङ एजेन्सीको छाता संस्था (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले अन अराइभल भिसा खुला गर्ने र क्वरेण्टीन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताउनुभयो । एक जना पर्यटक पदयात्रामा जाँदा कम्तीमा २० जनाले रोजगारी पाउने र अर्थोपार्जन हुने अनुमान गरिन्छ । साहसिक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र पनि खोल्न सके पर्यटन सिजनसँगै चलायमान बनाउन सकिने बताउनुभयो ।​

डेढ दशकदेखि सकारात्मक लयमा रहेको नेपालको पर्यटन व्यवसाय कोरोनाको कारण नराम्रोसँग थलिएको छ । तर सङ्क्रमणको जोखिम कम भएका देशबाट नेपालबारे चासो बढ्न थालेको ट्राभल व्यवसायीले बताएका छन् । नेपालमा कोरोना सङ्क्रमणको दर घटेको समाचार आउन थालेपछि चासाे बढेको पनि व्यवसायीले बताएका छन् । सरकारले भिसा र क्वरेण्टीनकाे विषयमा समयमा नै निर्णय नलिए व्यवसायी उठ्नै नसक्ने गरी थलिने व्यवसायीहरूले बताएका छन् ।

कोरोना सश्र्क्रमणको जोखिम बढ्नुअघि नेपालले भ्रमण वर्ष मनाउने तयारी गरिरहेको थियो । सन् २०२० मा २० लाख पर्यटक ल्याउने तयारी हुँदै गर्दा कोरोनाले सबै कार्यक्रम बिथोलिदियो ।

अहिले सङ्क्रमणको दर क्रमशः घटिरहेको र खोप लगाउनेको सङ्ख्या बढिरहेकाले विभिन्न क्षेत्रका पर्यटन व्यवसायीले सहज वातावरण बनाउन सरकारसँग अनुरोध गरेका छन् । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया