नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजारभन्दा तल झरेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार चार सय १३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार तीन सय १३ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म सात लाख ४९ हजार दुई सय १३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा सात सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार १३ जनाको नमुना परीक्षण गर्दा सात सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लाे २४ घण्टामा परीक्षण गरिएका नमुनाको सात दशमलव ३३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७३ हजार पाँच सय ३४ पुगेको छ ।
यही अवधिमा थप १२ जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४० पुगेको छ ।
अहिले तीन सय ९० जना सङ्क्रमितको आईसीयू र एक सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको २१ हजार तीन सय ६० मात्रा खोप लगाइएको छ । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ५५ लाख ७८ हजार आठ सय ६५ र एक मात्रा लगाउनेको सङ्ख्या ६२ लाख तीन हजार तीन सय १६ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।