पदकप्रति ओलीकाे टिप्पणी : आज बा, श्रीमतीकाे मुख हेर्ने दिन हाे ?

 असोज ३, २०७८ आइतबार १७:०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा सरकारले नेताका आफ्नो परिवार र नातागोताभित्रका मानिसहरूलाई पदक दिएकाे भन्दै तिखो आलोचना गर्नुभएकाे छ ।  

आज आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले संविधान दिवसको दिन शहीदका आमाबुबा, शहीदका सन्तान, घाइतेहरूले तक्मा पाउनुपर्नेमा नेताका श्रीमती र बुबाले तक्मा पाउनु विडम्बना भएको टिप्पणी गर्नुभयाे । 

सरकारले ७० दिनमा पनि पूर्णता पाउन नसकेकोप्रति एमाले अध्यक्ष ओलीले आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, ‘७० दिनमा सरकारले पूर्णता पाउन सकेको छैन । कति हाइसञ्चो हेर्नुस् त । कति हाइसञ्चो । आज संविधान दिवस । यो संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यति बेला जनताको पराक्रमी सन्तानले सम्मानित हुन पाउनुपर्ने । सम्मानित भएको अनुभूति गर्न पाउनुपर्ने । गर्व गर्नुपर्ने । बालाई सम्मान । श्रीमतीलाई सम्मान । कस्तो विडम्बना यस देशको ? कस्तो भोका जुकाहरू पुगेका छन् शासनमा ? लाज लाग्छ संविधान दिवसका दिन बोल्दा । संविधान दिवसका दिन त संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा, यो सफलता पाएकोमा शहीदका सन्तानले गर्व गर्न पाउनुपर्ने । शहीदका आमाबाबुले गर्व गर्न पाउनुपर्ने । घाइतेहरूले सम्मानित हुन पाउनुपर्ने । आज त बाउको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? कस्तो लालसा ? कस्तो भोक ? कस्तो आकाङ्क्षा ?’

उहाँले नयाँ संविधान बनेपछि राजनीतिक परिवर्तनका लागि सङ्घर्ष गर्नुपर्ने दिनको अन्त्य भएको उल्लेख गर्नुभयो । नेपालको परिवर्तनका लागि अब हिंसा आवश्यक र स्वीकार्य छैन भन्ने स्पष्ट पारेको पनि उहाँको भनाइ छ । 

अध्यक्ष ओलीले नेपाली समाजलाई स्थायित्व र समृद्धिको दिशामा अगाडि बढाउन संविधानले मार्गदर्शन गरेको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया