नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डौ – नेवाः गुठी न्युयोर्कको आठौँ महाधिवेशनले विजयमान सिंहलाई अध्यक्षमा निर्वाचित गरेको छ । न्युयोर्कको क्वीन्स, ज्याक्सन हाइटमा सम्पन्न भएको आठौँ महाधिवेशनले सिंहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
गुठीको इतिहासमा पहिलो पटक लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन भएको हो । नयाँ कार्यसमितिमा राजेन्द्र महर्जन वरिष्ठ उपाध्यक्ष, राजन कर्माचार्य उपाध्यक्ष र सन्तोष महर्जन महासचिवमा निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा रामकृष्ण महर्जन तथा कोषाध्यक्षमा हृदय तुलाधर चयन हुनुभएको छ । सदस्यमा मीनलाल नकर्मी, प्रकाश तुलाधर, राजेन्द्र श्रेष्ठ, निर्मल चित्रकार, पशुपति श्रेष्ठ, सजना महर्जन, कविना श्रेष्ठ, सरिता श्रेष्ठ र वीरेन्द्र मानन्धरलाई चयन भएका छन् ।
कार्यक्रममा गुठीका निवर्तमान अध्यक्ष निर्मल प्रधानले संस्थालाई थप सशक्त बनाउँदै भाषा, संस्कृति र परम्परा संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो । त्यस्तै नवनिर्वाचित अध्यक्ष सिंहले गुठीलाई सहमतिकै आधारमा अघि बढाउने भन्दै सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गुठीका संस्थापक समिर महर्जनले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सहमतिका साथ अघि बढ्न शुभकामना दिनुभयो । उहाँले नेवाः गुठीलाई लोकतान्त्रिक विधिबाट अघि बढाउनु सकारात्मक पक्ष भएको भन्दै चुनावलाई हार–जितको रूपमा नलिन आग्रह गर्नुभयो ।
नेवा गुठी न्यूयोर्क सन् २००७ मा स्थापना भएको सामाजिक संस्था हो । यो संस्थाले अमेरिकाका विभिन्न ठाउँमा रहेका नेवार समुदायका मानिसलाई एकै छातामुनि एकीकृत गरी नेवाः संस्कृति तथा परम्पराको प्रवद्र्धन गर्ने गरेको छ । यसले नेपाल संवतको अवसरमा न्युयोर्कमा विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।