नेपालमा 'युरोपेली रोलर' नामको नयाँ प्रजातिकाे चरा भेटियाे

 असोज ५, २०७८ मंगलबार ६:५६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा पहिलो पटक युरोपेली रोलर नामको नयाँ चराको प्रजाति भेटिएकोे छ ।

नयाँ प्रजातिको यो चरा माथिल्लो मुुस्ताङ, लोमानथाङ गाउँपालिका–५ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्रको तीन हजार ७ सय ८१ मिटरको उचाइमा रेकर्ड गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले  जनाएको हो ।

संरक्षण क्षेत्रका कर्मचारी रामबहादुर गुरुङले गएको अगस्ट २९ तारिखमा पहिलो पटक नयाँ प्रजातिको चराको फोटो खिच्नुभएको थियो ।

दोस्रो दिनपछि पनि पुनः चरा देखिएपछि उहाँले थप प्रमाणीकरणका लागि फोटो सम्बन्धित निकायमा पठाउनुभएको कोषले जनाएको छ ।

कोषको अन्नपूर्ण संरक्षण क्षेत्र मुस्ताङका प्रमुख ऋषि बरालले नयाँ चराको प्रजातिबारे पहिचान र प्रमाणीकरणका लागि प्रक्रिया अघि बढाउनुभएको थियो भने चराविद्हरू डा.हेमसागर बराल, सोम जीसी, टिम इन्सकिप्प र करोल इन्सकिप्पको समूहले प्रमाणीकरण गर्नुभएको थियो ।

पछिल्लो थप भएसँगै संरक्षण क्षेत्रमा ५१९ प्रजातिका चरा रेकर्ड भएका छन् । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया