नेपालकाे भूमि चीनविरुद्ध प्रयाेग हुने नदिने विश्वास दिलाएँ :...
साउन २६, २०७९ बिहिबार
काठमाण्डाै - नेपाली हास्य-व्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६ औं जन्मजयन्ती आज, विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइएकाे छ ।
यही अवसरमा भैरव पुरस्कार गुठीले आयोजना गरेकाे कार्यक्रममा उहाँको साहित्यिक योगदान माथि चर्चा गरिएकाे छ ।
कार्यक्रममा वक्ताहरूले हास्य-व्यङ्ग्य साहित्यको श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदानको स्मरण गर्दै उहाँका रचनाहरू कालजयी भएको बताएका छन् । नेपाली साहित्य बाहेक पत्रकारिताको क्षेत्रमा पनि उहाँको देन अमूल्य रहेको उनीहरुकाे भनाइ थियाे ।
अर्यालको प्रेरणाबाट धेरै साहित्यकार तथा पत्रकारहरू जन्मिएको भन्दै उनीहरूले राज्यबाट अर्यालको योगदानको कदर हुन नसकेको गुनासो गरेका छन् । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकारहरू बद्री अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदी लगायतले अर्यालको जीवनका विविध पाटोबारे प्रकाश पार्नुभयाे।
भैरव स्मृति भवनमा निर्मित सभाकक्षकाे हास्य-व्यङ्ग्यकार वासुदेव लुइँटेल, आख्यानकार रमेश विकल (सर्मिपत) तथा अत्याधुनिक पुस्तकालयको वाग्मती प्रदेशका सभासद् छिरिङ दोर्जे लामाले उद्घाटन गर्नुभएकाे छ।
१९९३ साल असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले ४० वर्षको उमेरमा २०३३ साल असोज १९ गते देहत्याग गरेका गर्नुभएकाे थियाे । अर्यालका जयभुँडी, काउकुती, इतिश्री, दश अवतार, गलबन्दी, उपवन लगायतका कृतिहरू लोकप्रिय छन् ।