ओलीको निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, सक्कल फाइल पेस गर्न आदेश

 असोज ५, २०७८ मंगलबार १६:१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सङ्घीय संसद्का १४ जना र लुम्बिनीका दुई जना सांसद पदमुक्त हुनुपर्ने र नेकपा एकीकृत समाजवादीको दल दर्ता खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आज मङ्गलवार न्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले ओलीको रिटमा माग भएअनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै सक्कल फाइल पेस गर्न आदेश दिएको छ । 

सर्वोच्चले  माधव नेपालसहित १४ जना सांसदसहितलाई सनाखत गराएर नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोग, निर्वाचन आयोग र लुम्बिनी प्रदेश सभा सचिवालयलाई सक्कल फाइल बुझाउन आदेश दिएको छ ।

एमालेले कारबाही गरे पनि सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेको र निर्वाचन आयोगले १४ जना सांसदसहितका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै त्यसको विरुद्धमा एमाले अध्यक्ष ओलीले भदौ १६ गते रिट निवेदन दिनुभएको थियो । 

सर्वोच्चले ओलीको रिटमा अन्तरिम आदेश नदिएसँगै १४ जना सांसदको पद तत्कालका लागि जोगिएको छ भने मन्त्रिपरिषद् विस्तारको पनि सम्भावना बढेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सर्वोच्चले अन्तरिम आदेश दिने÷नदिने निर्णय हेरेर मात्रै सरकारमा सहभागी हुने बताउनुभएको थियो । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया