परराष्ट्र मन्त्री खड्काद्वारा शपथ ग्रहण

 असोज ६, २०७८ बुधबार १४:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्र मन्त्रीकाे शपथ ग्रहण गर्नुभएकाे छ ।

नवनियुक्त परराष्ट्र मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार शीतल निवासमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे हाे । 

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्री गण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आउनु भएको थियो । खड्काले अर्थशास्त्रमा पीएचडी गर्नु भएको छ । उहाँ सकभर आजै बेलुका संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका जाने तयारी छ । आज नभ्याए भोलि बिहान खड्कासहितको टोली अमेरिका जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री खड्काले आजै मन्त्रालयमा गएर पदभार सम्हाल्ने कार्यक्रम छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया