सर्पले टाेक्दा सप्तरीमा दिदी–भाइकाे ज्यान गयाे

 असोज ६, २०७८ बुधबार १६:४:४० | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदी–भाइको ज्यान गएकाे छ ।

सर्पले टाेकेर नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ वर्षीया सुनिता मण्डल र उहाँका भाइ नाै वर्षीय कृष्णको ज्यान गएकाे प्रहरीले जनाएको छ । घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरूलाई अस्पताल लगिएको थियो ।  

सुनिताको उपचारका क्रममा सिरहाकाे लहानमा रहेकाे रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा ज्यान गएकाे र कृष्णकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत १६, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया