भाेलिसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड

 असोज ६, २०७८ बुधबार १८:१४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भाेली बिहीवारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ ।

आज बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण ढिलाइ भएको मन्त्रिपरिषद्लाई पूर्णता दिने काम भाेलि बिहीवारसम्म भइसक्ने बताउनुभएको हो । 

पार्टी अध्यक्षले वर्तमान राजनीतिक परिस्थितिका बारेमा पार्टीमा रिर्पोटिङ गर्दै भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने बताउनुभएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रवक्ता महराले भन्नुभयो, ‘अध्यक्षले अहिलेकाे स्थितिबारेमा बैठकलाई जानकारी गराउनुभयो । सरकार अध्यादेशको कारणले अलि डिले भएको थियो । यो काम झन्डै झन्डै सिद्धिएको छ । मेरो विचारमा आज वा भोलिसम्ममा यो सरकारको विस्तारको काम सिद्धिन्छ । यो रिर्पोटिङ अध्यक्ष कमरेडबाट भएको छ ।’

बैठकले प्रवासमा पार्टीको कामलाई व्यवस्थित बनाउन प्रवास निर्देशिका पनि पारित गरेको छ । प्रवासको कामलाई व्यवस्थित बनाउन भारतसहित विभिन्न ६ वटा उपक्षेत्रको कामलाई सहज ढङ्गले अघि बढाउने गरी बैठकले प्रवास निर्देशिका पनि पारित गरेको प्रवक्ता महराले जानकारी दिनुभयो । माओवादी केन्द्रले पार्टीको केन्द्रीय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । पौडेल यसअघि पनि यस पार्टीकाे केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा रहनुभएको थियो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया