नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - सरकारले चाडपर्वलाई लक्षित गरी आजदेखि संयुक्त रूपमा बजार अनुगमन गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् । असोज एक गतेदेखि नै अनुगमन टोली खटाएकोमा आजदेखि चाडपर्व लक्षित अनुगमन गर्न लागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य, खाद्य, गुणस्तरदेखि औषधि विभागका प्रतिनिधिहरू सहभागी हुनेछन् । उहाँका अनुसार अनुगमन टोलीले आवश्यकताअनुसार सहुलियत पसलसहित विभिन्न क्षेत्रको अनुगमन गर्नेछ ।
यस्तो अनुगमन प्रदेश सरकार र पालिकाले पनि गर्नेछन् । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन पनि दिइसकेको छ ।
यस्तै विभागले, नापतौल र गुणस्तरबारे हुने ठगीबाट बच्न गुणस्तर तथा नापतौल विभागले एक हप्ताको सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ । काठमाण्डौ महानगरपालिकाले पनि दैनिक अनुगमन गर्ने जनाएको छ ।
अनुगमनकै लागि महानगरले विभागसँग प्रतिनिधि माग गरेको छ । विभागका प्रवक्ता शिवराज सेढाईँका अनुसार अनुगमन गर्न सामान्य प्रशासन मन्त्रालयबाट १०/१२ जना कर्मचारी थपिएका छन् । दशैँमा धेरै कारोबार हुने वस्तु, लत्ताकपडा, मसला, खाद्यन्न, मासु पसलमा अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।
अनुगमनको क्रममा मुख्यतः बिलबिजक र स्टिकरको समस्या देखिएको उहाँले बताउनुभयो । त्यस्ता व्यवसायीलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना हुने उहाँको भनाइ छ । यसैबीच बजारमा चिनी लगायतका खाद्यवस्तुको अभाव नभएको विभागले जनाएको छ । चाडपर्व सुरु भएसँगै बजारमा चिनी लगायतका केही खाद्यवस्तुको अभाव भएको भन्ने हल्ला फैलाएको भन्दै त्यसतर्फ ध्यानाकर्षण भएको विभागले जनाएको छ ।
विभागका अनुसार बजारमा तीन महिनाभन्दा धेरै अवधिलाई पुग्ने चिनीको मौज्दात छ । तीन महिनासम्मका लागि मौज्दात भएकाले आत्तिएर अहिलै सञ्चित गरेर नराख्न विभागले आग्रह गरेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।