कोलकातामा १४ जना नवजात शिशुको शव एकै ठाउँमा भेटियो

 भदौ १७, २०७५ आइतबार २०:५:३० | एजेन्सी
unn.prixa.net

भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा एउटा खाली जनिको प्लटबाट १४ नवजात शिशुको शव फेला परेको छ ।

कोलकाताको हरिदेवपुरमा रहेको उक्त खाली ठाउँमा रहेको झाडी सफा गर्ने क्रममा मजदुरहरुले प्लाष्टिकको थैलीमा शिशुका शव देखेका थिए । त्यसपछि प्रहरी पुगेर शव उठाएको हो । 

प्रहरीले १४ शिशुको शप फेला पारेको र केही शव हालैको भएको बताएको छ । त्यस्तै केही शव भने कंकाल भैसकेको प्रहरीले जनाएको छ । अनुसन्धानमा सक्रिय अधिकारीले यो काम अवैधानिक रुपमा गर्भपतन गराउने गिरोहको हुन सक्ने बताएका छन् । 

कोलकाता नगर निगमका मेयर शोभन चटर्जी तथा प्रहरी आयुक्त राजीव कुमार घटनास्थलमा पुगेका थिए । प्रहरीले घटनाका बारेमा स्थानीय नागरिकसँग सोधपुछ सुरु गरेको छ ।

स्थानीय नागरिकहरुका अनुसार उक्त विशाल प्लटको वरिपरि कोही पनि बस्दैनन् । अँध्यारो सुरु हुनेबित्तिकै त्यस प्लटमा समाजविरोधी तत्वको भिड त्यहाँ लाग्ने गरेको स्थानीयहरु बताउँछन् । 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया