लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्ध छ : सभापति देउवा

 असोज ७, २०७८ बिहिबार १३:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । 

पर्वतको कुश्मा बजारमा रहेकाे वीपी स्मृति भवनको आज बिहीवार भर्चुअल (जूम) माध्यमबाट उद्घाटन गर्नुहुँदै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताउनुभएको हो । 
सभापति देउवाले अहिले देशभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको उल्लेख गर्नुहुँदै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।  

विसं २०६६ कात्तिक ११ गते शिलान्यास गरिएको याे भवन झन्डै १२ वर्षमा सम्पन्न भएको छ । एक करोड ४७ लाख रुपैयाँको लागतमा याे भवन निर्माण भएको समितिका संयोजक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि विभिन्न सङ्घ संस्था, व्यक्ति तथा शुभेच्छुकसँग रकम सङ्कलन गरिएको छ । सङ्कलित रकममध्ये ६५ लाख रुपैयाँ बचत भएको र यसलाई अक्षय कोषमा राखिने उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया