नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल वायु सेवा निगममा कर्मचारीले गर्दै आएको आन्दोलनका कारण अत्यावश्यक सेवासमेत बन्द हुने अवस्थामा पुगेको छ । महाप्रबन्धक डिमप्रकाश पौडेलले आज बिहीवार एक विज्ञप्ति निकालेर असार १८ गतेदेखि कर्मचारीले गरेको आन्दोलनले निगमका तत्कालीन र दीर्घकालीन कामका साथै सुधारका योजना ठप्प भएको बताउनुभएको छ ।
आन्दोलनका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डलिङको तयारीका काम रोकिएको, निगममा आईभी आरएस प्रणाली लागू गर्ने प्रक्रिया रोकिएको, अनलाइन टिकेटिङको तयारी रोकिएको, चालु आर्थिक वर्षको बजेट र वार्षिक कार्यक्रम तर्जुमाको काममा असर परेको पौडेलले बताउनुभएको छ ।
यस्तै महालेखाको प्रतिवेदनमाथि छलफल र जवाफ दिन नपाएको, निगमको ऋण दायित्व भुक्तानी गर्न अर्थ मन्त्रालयसँगको समन्वयमा गरिने काम रोकिएको, १० वर्षे व्यावसायिक योजना कार्यान्वयनमा बाधा पुगेको पनि महाप्रबन्धक पौडेलले बताउनुभएको छ ।
शान्तिपूर्ण रूपमा आफ्ना विचार तथा अभिव्यक्ति राख्ने अधिकार भए पनि निगममा काम गर्न चाहने कर्मचारीलाई जबरजस्ती आन्दोलनमा तान्ने, वार्तामा नबस्ने, निगममा विजुली, फोन, खानेपानीलगायतका सेवा बन्द गर्नेजस्ता अमानवीय काम भएको महाप्रबन्धक पाैडेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
हिजो बुधवार आन्दोलनरत कर्मचारीले निगमका निर्देशक, उपनिर्देशकलगाय कर्मचारीलाई कार्यकक्षमा थुनेर कोषमा रहेको रकम खर्च गर्न जबरजस्ती हस्ताक्षर गर्न लगाएको र यसले निगमको सङ्गठनात्मक पद्धति र अनुशासनमा गम्भीर प्रश्न उठेको पनि महाप्रबन्धक पौडेलले बताउनुभएको छ ।
नेपाल वायु सेवा निगमलाई कम्पनी मोडलमा सञ्चालनको तयारी भएपछि गएको असारदेखि कर्मचारीहरू आन्दोलनमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।