पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक हजार दुई सय ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार दुई सय ४३ नमुना परीक्षण गर्दा आठ दशमलव १२ अर्थात् एक हजार दुई सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७८ हजार सात सय ७६ पुगेको छ ।
यस्तै थप एक हजार तीन सय २४ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५६ हजार नौ सय ५४ पुगेको छ ।
यही अवधिमा थप १३ जना सङ्क्रमितको ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ७२ पुगेको छ ।
अहिले नेपालमा २० हजार सात सय ४३ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ४० जनाको आईसीयू र एक सय ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै २४ घण्टामा थप एक लाख ३८ हजार तीन सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ६० हजार नौ सय जनाले पूर्ण मात्रा र ६२ लाख ९३ हजार जनाले पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।