ओलीलाई संसद्सँग घृणा जागेकाे छ : गगन थापा

 असोज ७, २०७८ बिहिबार १८:१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसद्सँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताउनुभएको छ  ।

आज बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले संसदप्रति ओलीको घृणा सिङ्गो नेकपा एमालेमा पनि पुगेको भन्दै एमाले संसदीय मर्यादामा बस्न नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘केपी शर्मा ओलीलाई संसद्सँग घिन लाग्छ, उहाँलाई संसद् देख्नै हुन्न । उहाँले आफ्नो कार्यकालभरि संसद्लाई हेप्नुभयाे । संसद्लाई बेवास्ता गर्नुभयाे । पटक–पटक भङ्ग गर्नुभयो । अहिले संसद् पुनर्स्थापित भइसकेपछि उहाँलाई संसद्सँग यति घृणा लाग्छ कि यो संसद्लाई उहाँले पङ्गु बनाउनुभएको छ । अहिलेको हर्कत हेर्दै गर्दा सिङ्गो नेकपा एमालेलाई संसद्प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ ।’

नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरूले बजेटको विषयमा बोल्न नपाएको उल्लेख गर्नुभयो । एमालेको अवरोधले सांसदहरूले संसदमा आफ्नो भूमिकासमेत निर्वाह गर्न नपाएको बताउनुभयो । एमालेको प्रस्तुतिले संसदीय पद्धतिको गरिमा राख्न नसक्ने उहाँको भनाइ । 

फरक प्रसङ्गमा नेता थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्योल भएको बताउनुभएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया