यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामलाई, भैरवबहादुर थापालाई जगदम्बा श्री

 असोज ७, २०७८ बिहिबार १८:४२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

भैरवबहादुर थापा (बायाँ) र मदन पुरस्कार पाउने 'लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह'

काठमाण्डाै – यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको आज बिहीवार बसेको बैठकले इङ्नामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । 

त्यस्तै जगदम्बा श्री नृत्य क्षेत्रमा सक्रिय भैरवबहादुर थापालाई प्रदान गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो । 

मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त दुई सय २२ पुस्तकमध्येबाट गुठीले नाै वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो । गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्गनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (सम्वत् १७१९–२०२०) रहेका थिए । 

यी दुवै पुरस्कारको राशि जनही चार लाख रुपैयाँ रहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया